महानिरीक्षक अर्यालको औपचारिक विदाई
काठमाडौं— प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अाफ्नो चार वर्षे कार्यकाल पूरा गरी प्रहरी सेवाबाट औपचारिक रुपमा विदाई भएका छन्। अर्याल २०७० कार्तिक २५ गते प्रहरी महानिरीक्षक पदमा नियुक्त भएका थिए।
विदाई समारोहलाई सम्बोधन गर्दै अाफ्नो कार्यकाल पारदर्शी रुपमा, कडा मिहिनेत र उच्चमनोबलका साथ पूरा गरेको बताए।
सरकारले प्रहरी महानिरीक्षकको कामु जिम्मेवारी नतोक्दा अर्यालको विदाई समारोह प्रभावित हुन पुगेको थियो। कार्यक्रम निर्धारित समयभन्दा तीन घन्टा ढिलो सुरु भएको थियो।
अर्यालको औपचारिक विदाईका ३ः३० बजे नै अतिथिहरुलाई प्रहरी प्रधान कार्यालय पुगेका थिए।
महानिरीक्षक पदमा कसलाई कायममुकाय दिने भन्ने निर्णयमा सरकारले निर्णय गर्न नस्कदा नसक्दा तीन बजेदेखि तयारी अवस्थामा रहेको प्रहरी ब्यान्ड, अतिथि तथा प्रहरीका उच्च अधिकारीहरु त्यसै बस्न बाध्य भए।
आइतबार बिहान ९ बजे सरकारले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्ति गरेको थियो। त्यसको केही घन्टापछि सर्वोच्च अदालतले सो नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
सोमबार साँझ मन्त्रिपरिषद बसेर कामु प्रहरी महानिरीक्षक तोक्ने सम्भावना छ।


0 comments
Write Down Your Responses