Welcome to ...

किन हुन्छ अनिद्रा
पर्याप्त र राम्रो निद्रा स्वास्थ्यका लागि आवश्यक हुन्छ । निद्रा वि श्रामको गहिरो प्राकृतिक तरिका हो । निद्राले शरीरका अंग र मन-मस्तिष्कलाई गहन वि श्राम दिन्छ । एक प्रकारले मन.मस्तिष्क तथा सम्पूर्ण शरीरलाई रिचार्ज गर्छ भन्दा हुन्छ । निद्राबिना मस्तिष्कले ठीक काम गर्न सक्दैन । निद्राले मन तथा शरीरलाई अनेकौं फाइदा दिन्छ । शारीरिक तथा मानसिक थकान हटाउछ । मन.मस्तिष्क तथा सम्पूर्ण शरीरलाई पनुर्ताजगी गर्छ । शरीरमा नयाँ शक्ति सञ्चार गर्दछ । रोगप्रतिरोध शक्ति बढाउँछ । स्वास्थ्य ठीक राख्छ । ओजतेज बढाउँछ । मनलाई पनि आराम दिन्छ । उपर्युक्त लाभ प्राप्त गर्न दैनिक ६ देखि आठ घन्टा गाढा निद्रा सुत्नु आवश्यक छ । प्रत्येक दिन ६ घन्टाको गहिरो तथा निश्चिन्त निद्रा पूर्ण वि श्रामको प्रक्रिया हो । अनेक कारणले गर्दा कतिपय मानिसलाई ठीकसँग पर्याप्त निद्रा लाग्दैन । कहिलेकाहीँ निद्रा नलाग्नु समान्य हो । तर लगातार अनिद्राको समस्या देखिनु अनिद्रा रोग (इनसोम्निया) भएको हुन सक्छ । यो रोगबाट विश्वका करिब ३० प्रतिशत मानिस प्रभावित छन् । भागदौडको जीवनशैलीसँगै यो समस्या संसारभरि फैलिएको छ । नेपालमा पनि अनिद्राबाट पीडितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अनिद्राका लक्षण .अनिद्रा रोगको प्रमुख लक्षण भनेको नै निद्रा नलाग्नु हो । .प्रायः दिनदिनै निद्रा नलाग्नु । .राति वा बिहानै निद्रा टुट्नु । निद्रा टुटेपछि पुनः निदाउन कठिन हुनु । .बिहान उठ्दा टाउको भारी हुनु । .टाउको दुख्नु । दिनभर ज्यादै थकाइ लाग्नु आदि अनिद्राका कारण . तनाव, डिप्रेसन, चिन्ता तथा मानसिक समस्या । . दम आदि रोग हुनु । .चियाकफी तथा चुरोट रक्सीको अधिक सेवन । .४० वर्षदेखि ६० वर्ष उमेरका मानिसमा बढी अनिद्रा समस्या देखा पर्न सक्छ । .मोटोपना तथा अत्यधिक भोजन पनि निद्राको समस्या बन्न सक्छ । उपचार .अनिद्रा रोग के कारणले सुरु भएको हो भन्ने पत्ता लगाएर त्यसको उपचार थाल्नुपर्छ । .सकारात्मक जीवनशैली अपनाउनु नै अनिद्राको प्रभावकारी उपचार हो । . निद्राको औषधि स्थायी समाधान होइन । . अनिद्रा रोगीले अनिद्राबाट छुटकारा प्राउन चियाकफी आदि कम गर्नुपर्दछ । .धूमपान तथा मद्यपान गर्नु हुँदैन । व्यायाम गर्ने बानी बसाल्नुपर्छ । . ठीक समयमा सुत्नुपर्छ । . घर, आँगन, कोठा तथा बिछ्याउना सफा सुग्घर राख्नु पर्दछ । . सुत्नुभन्दा करिब तीन घन्टा पहिला खाना खाने गर्नुपर्छ । . सुत्नु पहिला राम्रोसँग हातमुख खुट्टा धुनु पर्दछ । . लाखखुट्टे तथा कीरा फट्यांग्राबाट बच्न झूल प्रयोग गर्नुपर्दछ । . बिछ्यौनामा गएपछि सम्पूर्ण शरीरलाई शिथिल छोडिदिएर निश्चिन्त भई सुत्नु पर्दछ

0 comments

Write Down Your Responses