प्रवास
»
कुवेतबाट ५ करोड क्षतिपूर्ति पीडितले पाए
कुवेतबाट ५ करोड क्षतिपूर्ति पीडितले पाए
फाल्गुन ४, २०७३- कुवेतस्थित नेपाली दुताबासको पहलमा कुवेतमा मृत्यु भएका २८ जनालाई ५ करोड ५ लाख ४९ हजार रुपैयाँ (एक लाख ४४ हजार कुवेती दिनार) उपलब्ध गराएको छ । क्षतिपूर्ति पाउनेमा एक दशक अघि मृत्यु भएका कामदार समेत रहेका छन् ।
कुवेतका लागि नेपाली राजदुत यज्ञवहादुर हमालका अनुसार दुतावासले स्थानीय वकिलसँग सम्झौता गरी कानुनी लडाई लडेर पीडितलाई क्षतिपुर्ति उपलब्ध गराएको हो । ‘कानुन ब्यबसायीको मद्दत लिएर मृतकले कम्पनीबाट पाउनुपर्ने बिमा रकम, बाँकी तलब र सेवा अबधी पछि पाउने सुबिधा उपलब्ध गराएको हो,’ हमालले कान्तिपुरलाई भने,‘सवै प्रक्रिया पुरा गरी क्षतिपुर्ति रकम परराष्ट्र मन्त्रालयमा पठाइसकेका छौं । परराष्ट्रले सम्बन्धीत जिल्ला प्रशासन कार्यालयबाट पीडित परिवारलाई दिइनेछ ।’
स्थानीय वकिलले मुद्धा जितेको खण्डमा कुल क्षतिपुर्तिको १० देखि १५ प्रतिशतसम्म सेवा शुल्क लिने सम्झौता गरेको छ । नेपाल सरकार आफैले दुताबासमा वकिल राख्ने ब्यबस्था नगरेपछि खाडीका दुताबासले स्थानीय वकिलसँग सम्झौता गरेर पीडितलाई स्थानीय नियम अनुसार पाउने क्षतिपुर्ति दिलाउदै आएको छ ।
‘झन्डै ३ सय ५० वटा फाइलहरु छ । सबै छानबिन गरी अदालतमा मुद्दा दयार गरेका छौं,’ उनले भने,‘केही टुंगो लागेको छ । केही टुंगो लाग्ने चरणमा छ ।’
दुताबास अनुसार क्षतिपुर्ति पाउनेहरुमा चितवनका दीपक श्रीमल (४० हजार ६ सय ७०), खोटाङका चन्द्रवोल राई (२५ हजार तीन सय ९९), त्रेहथुमका जीतबहादुर कटुवाल (१५ हजार ९ सय ९२ ), नुवाकोटका हिकमान तामाङ (१३ हजार तीन सय २०), दाङका जनकबहादुृर बस्नेत ( ८ हजार ५ सय ३० दिनार) रहेका छन् ।
त्यस्तै मकवानपुरकी कामीसिंह गोले (८ हजार ३ सय ५०), तनहुँका यमबहादुर बस्नेत (आठ हजार तीन सय), संखुवासभाका गजेन्द्रकुमार विश्वकर्मा (२ हजार एक सय), मोरङका आइतराज तामाङ (२ हजार ६७), बाराका सुकान चौधरी (२ हजार ३०), रुकुमका चित्रबहादुर कुँवर एक हजार ८ सय ३४), पाँचधरका नबहादुर चेम्जोङ (एक हनार एक सय १९), गुल्मीका दुर्गाबहादुर थापा एक हजार ९८) र मकवानपुरका अमृतकुमार बम्जन (एक हजार २ दिनार) रहेका छन् ।
८ सय देखि २५० दिनारसम्म पाउनेहरुमा काभ्रेका ऋषिप्रसाद सापकोटा, धनुषाका सत्यनारायण शाह सोनार, दोलखाका दिलबहादुर तामाङ, ओखलढुंङगाका खड्गकुमार राई, तनहुँका बिरबहादुर गुरुङ, मुस्ताङका आईबहादुर दर्जी, महोत्तरीका रामकुमार भण्डारी, रुपन्देहीका बिजय बिश्वकर्मा, स्याङ्जाका गोबिन्द बिक, धनुषाका सुताई साह तेली, रुकुमका देवराज ओली, महोत्तरीका दुलार ठाकुर हजाम, पाँचधरका केशरबहादुर नेम्वाङ र सखुवासभाकी सनिता गुरुङ रहेका छन् । दुताबासले यसबाहेक अन्य ३४ जनाले २ सय दिनार भन्दा कम रकम पाए
0 comments
Write Down Your Responses