Welcome to ...

पूर्वयुवराज पारसको साथीसहित ९ जनाको यस्तो छ ‘जोगी अवतारn’
काठमाडौं– पूर्वआइजीपी हेमबहादुर सिंहका छोरा प्रबजन औपचारिक रुपमै जोगी भएका छन् । गत माघ १९ गते सरस्वती पूजाको दिन उनीसहित ९ जनाले कान चिरेर समाधि लिएकोमा मंगलबार जोगीको रुपमा बाहिर निस्केका हुन् । राष्ट्रगुरु योगी नरहरिनाथले समाधी लिएको दिनको अबसर पारेर २० दिनको शिव गोरखनाथ दर्शन धारणा साधना पछि सिंहसहित ९ जना औपचारिक रुपमै जोगिको भेषमा बाहिर निस्केका हुन् ।जोगी बनेसँगै प्रवजनले आफ्नो नाम योगी ब्याग्र वेदनाथ राखेका छन् । जोगी बनेसँगै योगी ब्याग्र वेदनाथ अब मृतस्थलीमै बस्ने बताइएको छ ।

0 comments

Write Down Your Responses