Welcome to ...

लाखौंलाई धपाउने ट्रम्प नीति सार्वजनिक नेपालीसहितका झण्डै एक करोड २० लाख बढी आप्रवासी प्रभावित n
फाल्गुन ११, २०७३- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति सार्वजनिक भएको छ । मंगलबार जारी नयाँ नीतिले राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पछिल्ला केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति बताइएको छ । अमेरिकामा झण्डै एक करोड २० लाख बढी आप्रवासी अवैधानिकरुपमा बसोबास गर्दै आएको बताइन्छ । आप्रवासन सम्बन्धी सर्वाेच्च निकाय ‘डिपार्टमेन्ट होमल्याण्ड सेक्युरिटी’ ले मंगलबार जारी गरेको नीतिअनुसार संघीय सरकारले लाखौं कागजविहीन आप्रवासीहरुलाई पक्राउ गर्ने र देश निकाला गर्ने अभियानलाई दु्रतरुप बढाउने छ । त्यसका लागि दशहजार ‘फोर्स’ थपिनेछ

0 comments

Write Down Your Responses