Welcome to ...

महिला कन्डक्टर सम्मानित
फाल्गुन २५, २०७३- एक वर्ष हुन लाग्यो सविना घिमिरेले महानगर यातायातमा कन्डक्टरको काम गर्न थालेको । सिन्धुपाल्चोककी २८ वर्षीय घिमिरेमाथि तीनजनाको परिवार चलाउने जिम्मेवारी छ । उनी कपनबाट वनस्थली महानगरको कार्यालयमा एकाबिहानै पुगेर काममा खट्छिन् । कहिले बिहानको सिफ्ट पर्छ कहिले बेलुकाको । बिहानको सिफ्ट ५ देखि १२ र बेलुकाको दिउँसो १२ देखि राति ८ बजेसम्म महानगर यातायातको कन्डक्टरको रूपमा काम गर्छिन् । ५ वर्षीय छोरा एलकेजीमा पढ्दै छ । उनलाई पनि समय दिने गर्छिन् । घरका काम पनि श्रीमान–श्रीमती दुवै मिलेर गर्ने हुँदा राम्ररी काम गर्न पाएकी छिन् । यस्तै मिल्दोजुल्दो दिनचर्या छ १९ वर्षीय सीता स्याङतानको पनि । ७ कक्षा पढ्दापढ्दै कारणवश पढाइ छोड्नुपर्‍यो । मकवानपुरकी स्याङतानले त्यसपछि गैर सरकारी संस्थामार्फत सिलाई कटाइको तालीम लिइन् । तर माईती नेपालबाट महानगर यातायातमा कन्डक्टरको खाँचो रहेको थाहा पाएपछि फारम भरीन्, छनोट भइन् । अहिले उनी साथीहरूसँग वनस्थलीमै बस्छिन् । घिमीरे र स्याङतान जस्ता महानगर यातायातमा कार्यरत ९ महिला कन्डक्टरलाई आज माईती नेपालले सम्मान गरेको छ । सम्मानित हुनेमा घिमिरे र स्याङतानका साथै उमा विश्वकर्मा, रेणुका अधिकारी, गोपीनी नेपाली, चेतकुमारी बस्नेत, कमला पौडेल, भीमा घिमिरे र रूबीना राई छन् । कार्यस्थलमा उत्कृष्ट प्रदर्शन गरेकोले उनीहरूलाई सम्मान गरिएको जनाइएको छ । ‘कन्डक्टरको कामलाई त्यत्तिकै पनि सम्मानित पेशा मानिदैँन,’ चेतकुमारी बस्नेतले भनिन्, ‘यो पेशा अँगालेका कारण पहिलोचोटि सम्मान पाएकि हुँ । यो पेशाप्रतिको सम्मान पनि हो ।’ पहिले काम गर्दा गाडिमा लाज र डर लाग्ने भएपनि अहिले आँट आउने उनी बताउँछिन् । सिन्धुपाल्चोक घर भएकि २२ वर्षीय बस्नेतले काम गर्न थालेको एक वर्ष भयो । एसएलसि सम्म पढेकि उनको जुन गाडीमा आफूले कन्डक्टरको काम गर्ने गाडीको ड्राइभर बन्ने इच्छा छ । घरपरिवारबाट पनि साथ सहयोग पाएकी उनलाई अब कार्यरत कम्पनीले नै ड्राइभिङ सिकाउने भनेपछि उनी उत्साहित छिन् । स्याङतान पनि परिवारले हौसला बढाएकोले आफू यस क्षेत्रमा लागेको बताउँछिन् । ‘पहिले मान्छेहरू हेरिराख्थे, अनि नराम्रो लाग्थ्यो,’ घिमिरेले भनिन्, ‘अहिले यात्रुहरूमा पनि महिला कन्डक्टर इमान्दार हुन्छन्, छाडा शब्द बोल्दैनन् भन्ने परेको छ । त्यसैले पहिलेभन्दा राम्रो कार्यवातावरण बन्दै गएको छ

0 comments

Write Down Your Responses