सप्तरी गोलीकाण्ड : मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय
बैठकले फागुन २३ गते सप्तरीमा भएको दुखद् घटनाको समीक्षा समेत गरेको छ । बैठकले सप्तरी घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका परिवारजन र आफन्तमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।
सरकारले घाइतेको उपचार खर्च समेत बेहोर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसैगरी सप्तरी गोली काण्डको विषयमा सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय समेत गरेको छ। आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ ।
सँगै बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दललाई अपील समेत गरेको छ।


0 comments
Write Down Your Responses