विश्वको घुम्नै पर्नेमा गन्तव्यमा पोखरा तेस्रो नम्बरमा
नेशनल जियोग्राफिकमा म्यारिलेन केनेडी डकेटद्वारा लेखिएको लेखमा पश्चिमको अमेरिकादेखि पूर्वको हिमालय देश नेपालसम्मलाई वसन्त ऋतुमा बेस्ट ट्रिपमा राखिएको छ जसमा पोखरा तेस्रो नम्बरमा परेको छ।
पोखरामा देखिने हिमाली छायाँको चर्चा गर्दै यहाँबाट देखिने अन्नपूर्ण हिमाल, साराङकोटबाट गरिएको प्याराग्लाइडिङ, धौलागिरी हिमाल र अनुपम कला संस्कृतिको अवलकोनका लागि नेपाल एक पटक पुग्ने पर्ने गन्तब्य भएको उल्लेख गरेकी छिन्।
यसका साथै स्प्रिङ सिजनमा घुम्नै पर्ने ठाउँहरुमा साउथ अफ्रिकाको केप टु केप टाउन, पूर्वी युरोपको बाल्कन फ्लेक्सि पास, न्यू योर्क सिटी सेन्ट्रल पार्क, पोखरा नेपाल, ओलम्पिक नेशनल पार्क वासिङटन, चीनको सुझाउ, अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ, विस्कसनमा बनाइएको बेलुन र्याली, अर्जेन्टिनाको इल चालटेन, लस ग्ल्यासियर नेशनल पार्क, जापानको आओगासीमा आइसल्याण्ड र फ्रान्सको बबल्स लज रहेका छन्। (एजेन्सीको सहयोगमा )


0 comments
Write Down Your Responses