बिहान खाली पेटमा दूध चिया पिउनुहुन्छ ? ध्यान दिनुहोस् यि समस्या हुनसक्छन्
चिया पिउनुका फाइदा नभएका होइनन्। तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ। दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन।
खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ। यसले पेटको अल्सर पनि हुनसक्छ। दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले देखाएका छन्।
ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ ।
‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।
दूध चियाले मोटोपन बढाउछ। चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ। दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो। दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ।
जीवन शैली


0 comments
Write Down Your Responses