Welcome to ...

जापानी नोटलाई नेपाली बोट : यसबाटै बन्छ 'येन1'
काठमाडौं – जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागेपनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् । अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक बर्ष २०७२,७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ । जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैयाँ बराबर हुन्छ । अर्गेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ । अर्गेली पहाडी भेगमा पाइने एक प्रकारबो बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रंयोग गरिन्छ । आजको नागरिकमा खबर छ ।

0 comments

Write Down Your Responses