Welcome to ...

सरकार र मोर्चाबीचको बैठक सकियो, अझै कुरो मिलेन
रकारलाई दिएको समर्थन फिर्ता लिएका मधेसी मोर्चाका नेता र सत्तारुढ कांग्रेस-माओवादी केन्द्रसँगको बैठक बिना निष्कर्ष टुंगिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा मोर्चाले मधेसको समस्या समाधान नभइ निर्वाचनमा जानै नसक्ने पुरानो अडान कायम राख्दै बैठक बिना निष्कर्र्ष टुंगिएको छ। बैठकबाट बाहिरिएका मोर्चाका नेता लक्ष्मणलाल कर्णले संशोधन पास नभइ निर्वाचनमा जाने वातावरण नभएको कुरा आफूले बैठकमा राखेको जानकारी गराए। ‘संशोधन पास नगरी समस्या र मधेसको समाधान नगरी निर्वाचनमा जाने वातावरण छैन। यो कसरी मिलाएर जाने हो मिलाउनुपर्छ,’ उनले भने, ‘हामी वार्ताबाट अलग भएका छैनौ, तर आन्दोलनका लागि तयार छौं। प्रधानमन्त्रीले समाधान गरी निर्वाचनमा जाउँ भन्नुभएको छ तर समाधान आएको छैन।’ यस्तै सत्तारूढ दल कांग्रेसका नेता कृष्ण सिटौलाले समस्याको समाधान हुन्छ भन्ने प्रतिक्रिया दिए।

0 comments

Write Down Your Responses