भारतमा बस्ने नेपाली व्यवसायीले बर्दियामा १ अर्बको लगानीमा रिसोर्ट खोल्ने 1
कमर्श एण्ड इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले नेपालमा हुने बन्द हड्ताल लगायत राजनीतिक उथलपुथलका कारण लगानीकर्ता खुलेर लगानी गर्न डराइरहेको बताए। उनले भने,‘हाम्रो देशमा प्रायः अस्थिर राजनीतिक स्थिति रहन्छ, यो स्थितिको सिकार लगानीकर्ता र गरिखाने वर्ग भएको छ, भारतमा बसेर व्यवसाय गरिरहेका लाखौं व्यवसायीहरू नेपालको पर्यटन विकासको लागि तयार छ, यसको लागि सरकारले वातावरण सिर्जना गर्नुपर्छ।’
त्यस्तै कमर्श एण्ड ईन्डष्ट्रिजका महासचिव मोहन कार्कीले हालै बर्दियामा राष्ट्रिय निकुञ्ज आसपाससँगै देशका विभिन्न भागमा २५ वटा रिसोर्ट निमार्ण गर्ने बताए। उनले भने,‘हाम्रो देशमा अथाह सम्पदा छ, यस्ता सम्पदाहरूलाई सही रुपमा उपभोग गर्न सकिएको छैन। पारिवारिक पर्यटनले हाम्रो देशमा आर्थिक बृद्धि हुन्छ, हामीले वार्षिक रुपमा १० लाख भारतीय पर्यकटहरू भित्र्याउने लक्ष्य लिएका छौं।’
त्यस्तै सदस्य दुर्गा सुवेदीले एनआरएनको साथ सहयोग र कमर्श एण्ड इन्डष्ट्रिजले केही वर्षभित्रमा १० मिलियन नेपालमा लगानी गर्ने बताएका छन्।


0 comments
Write Down Your Responses