समाचार
»
विप्लवले आफ्नो पार्टी हडपेको ऋषिरामको दावी (विज्ञप्ति सहित)
विप्लवले आफ्नो पार्टी हडपेको ऋषिरामको दावी (विज्ञप्ति सहित)
विप्लवले आफ्नो पार्टी हडपेको ऋषिरामको दावी (विज्ञप्ति सहित)
काठमाडौ– नेत्रविक्रम चन्द विप्लवले महाधिबेशनमार्फत पार्टीको नाम बदलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ राखेर गैर कानुनी काम गरेको भन्दै ऋषिराम कट्टेलले आपत्ति जनाएका छन् ।
कट्टेलले एक विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी आफुले चार बर्षअघि नै निर्वाचन आयोगमा दर्ता गरिसकेको र गत संविधान सभामा समेत त्यहि पार्टीको नामबाट चुनाव लडेको थाहा हुँदाहुँदै विप्लवले आफ्नो पार्टी हडप्न खोजेको बताएका छन् ।
कट्टेलले जारी गरेको विज्ञप्तिमा भनेका छन् ‘केहिदिन देखि विप्लव भनिने नेत्रविक्रम चन्दले नेतृत्व गरेको भन्ने माओवादी पार्टीले आफ्नो नाम वदली नेपाल कम्युनिष्ट पार्टी राखेको भन्नेकुरा पत्रपत्रिकाहरुको समाचार हरुमा सार्वजनिक भएको कुराप्रति नेपाल कम्युनिष्ट पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएको छ ।
जारी विज्ञप्तीमा नेपाल कम्युनिष्ट पार्टी दोस्रो संविधान सभा निर्वाचन अगाडीनै निर्वाचन आयोगमा दर्ताभै नेपालको संविधान अनुसार क्रियाशिल पार्टी रहेको उल्लेख छ ।यस्तै यसरी अर्को पार्टीको नाममा गतिविधि गर्नु अनैतिक र गैह्र कानुनी काम भएको कटेलले जनाएका छन् । कटटेलले नेपाल कम्युनिष्ट पार्टी विप्लवलाई यस्तो अनुचित काम नगर्न सचेत गराउदै यसवाट हुने कुनैपनि घटनाको जिम्वेवारी विप्लवको हने कुरा समेत स्मरण गराएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी ,
केन्द्रीय कार्यालय, धोविधारा काठमाण्डौ
२६ फागुन २०७३
सार्वजनिक सूचना
हालै केहिदिन देखि विप्लव भनिने नेत्रविक्रम चन्दले नेतृत्व गरेको भन्ने माओवादी पार्टीले आफ्नो नाम वदली नेपाल कम्युनिष्ट पार्टी राखेको भन्नेकुरा पत्रपत्रिकाहरुको समाचार हरुमा सार्वजनिक भएको कुराप्रति नेपाल कम्युनिष्ट पार्टीको ध्यान गम्भिर रुपमा आकर्षित भएकोछ ।
नेपाल कम्युनिष्ट पार्टी दोस्रो संविधान सभा निर्वाचन अगाडीनै निर्वाचन आयोगमा दर्ताभै नेपालको संविधान अनुसार क्रियाशिल पार्टीहो ।
यसरी अर्को पार्टीको नाममा गतिविधिगर्नु अनैतिक र गैह्र कानुनी कामहो भन्नेकुरा प्रष्टछ । नेपाल कम्युनिष्ट पार्टी विप्लवलाई यस्तो अनुचित कामनगर्न सचेत गराउछ र यसवाट हुने कुनैपनि घटनाको जिम्वेवारी विप्लवको हनेकुरा समेत स्मरण गराउदछ ।
साथै समचार माध्यम हरुलाई यस्तो अवैध समाचार सम्प्रेषण नगर्न अनुरोध गर्दछ र नेपाल सरकार ,निर्वाचनआयोग लगायत सवै निकायहरु संग यस्तो गैह्र कानुनी कार्य रोक्न माग गर्दछ।
अध्यक्ष, ऋषिराम कट्टेल
नेपाल कम्युनिष्ट पार्टी
0 comments
Write Down Your Responses